नेकपा नेपाल समूहको बैठक सुरु
काठमाडौँ । नेकपा (एमाले) का नेता माधव कुमार नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठक सुरु भएको छ । नेता भीम रावलले अब कसरी अघि बढ्ने भन्नेबारे अन्तिम टुँगोमा पुग्नेगरि आफुहरु छलफलमा जुटेको जानकारी दिए । हिजो बसेको बैठकमा माधव नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिने निश्कर्ष निकालेका थिए ।
स्रोतकाअनुसार हिजोको बैठकमा माधव नेपाल पक्षधर २० जना प्रत्यक्ष निर्वाचित सांसदहरुले राजीनामा दिनेगरि हस्ताक्षरको तयारी गरेका थिए । तर, पार्टी एकताको लागि भने अन्तिम प्रयासपनि जारी राख्ने भन्दै उनीहरुले सहमतिमा आउनको लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज साँझसम्मको समय दिएका छन् । तर, अध्यक्ष ओलीले भने आफू कुनैपनि हालतमा २०७५ जेठ २ गतेमा फर्कन नसक्ने जवाफ माधव नेपाल पक्षलाई दिईसकेका छन् ।
त्यस्तै प्रधानमन्त्रीलाई विश्वासको मत दिनुभन्दा अघि नै नेपाल पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका हुन् ।