image
image
मलेसियाले नेपाली श्रमिक भर्तीमा नयाँ प्रणाली ल्याउने

मलेसियाले नेपाली श्रमिक भर्तीमा नयाँ प्रणाली ल्याउने

 

असोज २१। मलेसियाले नेपाली श्रमिक भर्तीका लागि नोभेम्बर ५, २०२६ देखि नयाँ प्रणाली लागू गर्ने तयारी गरेको छ। मलेसियाले विदेशी श्रमिक भर्तीका लागि प्रयोग गर्दै आएको Foreign Worker Centralised Management System (FWCMS) लाई नयाँ प्रक्रियाबाट अघि बढाउने जनाएको छ।

मलेसियाली सरकारको तर्फबाट भर्ती प्रणाली सञ्चालन गर्ने कम्पनीले अक्टोबर ६ मा सम्बन्धित मेडिकल सेन्टर तथा म्यानपावर कम्पनीहरूलाई नयाँ प्रणाली आगामी नोभेम्बर ५ देखि नेपालका लागि लागू हुने जानकारी गराएको छ।

तर नयाँ प्रणालीमा सीमित नेपाली म्यानपावर कम्पनीलाई मात्र प्राथमिकता दिने विषयमा नेपालमा विवाद रहँदै आएको छ। नेपाल सरकारले मलेसियाले तोकेका २५ वटा प्रमुख र २५० वटा सहायक संस्थासम्बन्धी व्यवस्थाप्रति असहमति जनाउँदै छानबिनसमेत अघि बढाएको छ।

नेपालले सबै कानुनी रूपमा इजाजतप्राप्त म्यानपावर कम्पनीलाई समान अवसर दिनुपर्ने धारणा राख्दै आएको छ। त्यसैले नोभेम्बर ५ देखि लागू हुने भनिएको नयाँ प्रणालीले नेपाली श्रमिकको मलेसिया रोजगारी प्रक्रियामा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोको विषय बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।