बाँके र दाङमा गरि ६ कोरोना संक्रमितको मृत्यु
काठमाडौँ । बाँके र दाङ जिल्लामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का ६७ वर्षीय पुरूषको शुक्रबार बेलुका ४:४५ बजे भेरी अस्पतालमा मृत्यु भएको कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन्।
बर्दियाको बढैयाताल ७ का ५२ बर्षीय पुरूषको बेलुका ७ बजे , नेपालगञ्ज १ का ६४ बर्षीय पुरुषको शुक्रबार बेलुका ८ बजे भेरी अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै नेपालगञ्ज १० की ३८ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शनिबार बिहान ४:३० बजे र नेपालगञ्ज १४ की ३८ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा शनिबार बिहान ६:४५ बजे मृत्यु भएको फोकल पर्सन वलीले जानकारी गराएका हुन्।
योसँगै बाँकेमा हालसम्म कोरोना संक्रमति १७४ जना र बाहिरी जिल्लाबाट उपचारका लागि बाँके लगिएका थप १३१ जनाको मृत्यु भएको छ ।
त्यस्तै दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का ६७ वर्षीय पुरूषको शनिबार बिहान साढे १ बजे उपचारका क्रममा मृत्यु भएको तुलसीपुरका ब्यवस्थापक द्रोर्ण वलीले जानकारी दिए।