image
image

राजेश–करिश्मा र पल–पूजाको हल्का हल्का लजाएर युट्युब ट्रेन्डिङमा

काठमाडौँ । नेपाली सिनेमा क्षेत्रका दुई चर्चित जोडी राजेश हमाल–करिश्मा मानन्धर र पल शाह–पूजा शर्मालाई एक साथ नयाँ भिडियोमा  देख्न पाइने भएको छ । दुई फरक पुस्ताका यी जोडी गायिका अञ्जु पन्त निसान भट्टराईको स्वर रहेको हल्का हल्का लजाएर बोलको गीतमा सँगै देखिएका हुन्।

देवेन्द्र पाण्डेको निर्देशनमा बनेको म्युजिक भिडिओ हिजो बिहिबार सार्वजनिक भएको हो। चर्चित कलाकारहरु भएको गीतको भिडिओ छोटो समयमै ट्रेन्डिङमा छ।  

चन्द्र प्रसाद प्रसाईको शब्द र सन्तोष श्रेष्ठको संगीतमा बनेको गीत गोपाल रसाइलीले संयोजन गरेका छन्। उत्सव दहालको छायांकन, विकास दहालको सम्पादन रहेको यो गीत श्यामश्वेत रसाइलीले मिक्सिङ तथा मास्टरिङ गरेका छन्। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।