राष्ट्रिय सभा निर्वाचनमा बादल सहित अन्य दुईले दिए उम्मेदवारी
काठमाडौँ । बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा सत्तारुढ दल एमालेबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले उम्मेदवारी दिएका छन् । त्यस्तै बादलसँगै देवकोटा र तामाङले पनि दिए उम्मेदवारी दिएका छन् ।
विपक्षी दल कांग्रेस, माओवादी लगायतको पक्षबाट खिमलाल देवकोटाले उम्मेदवारी दिएका छन् । त्यस्तै राष्ट्रियसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टी(नेमकिपा)को तर्फबाट काभ्रेका कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन् । उनी नेमकिपाका केन्द्रीय सदस्य हुन् ।