image
image
सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक बस्दै

सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक बस्दै


काठमाडौं ।  विपक्षी दलहरुको बैठक आज बस्दैछ । आज बिहान साढे ११ बजे एमाले संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।विपक्षी दलहरुको बैठक बुधबार कांग्रेस संसदीय दलको कार्यालयमा भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको थियो । उक्त बैठकमा श्रम संस्कृतिबाहेक चार दल सहभागी भएका थिए ।

आज फेरि एमालेको कार्यालयमा बस्न लागेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।सरकारले अध्यादेश ल्याएपछि विपक्षी दलहरु एक भएका हुन् । आजको बैठकमा पनि सरकारले ल्याएका अध्यादेशबारे छलफल हुने नेताहरुले बताएका छन् ।आज सरकारले सिफारिस गरेका अध्यादेशबारे छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविद्हरूसँग छलफल गर्दैछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।