image
image
भारतीय समकक्षीसँगको परराष्ट्रमन्त्री खनालको भेट, गरे प्रधानमन्त्री बालेनको भारत भ्रमणको खुलासा

भारतीय समकक्षीसँगको परराष्ट्रमन्त्री खनालको भेट, गरे प्रधानमन्त्री बालेनको भारत भ्रमणको खुलासा


काठमाडौं ।  नवौँ हिन्द महासागर सम्मेलनका लागि मौरिससमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारतको भ्रमणको खुलासा गरेका छन् ।

भारतीय समकक्षी एस।जयशंकरसँगको भेटघाटपछि परराष्ट्रमन्त्री खनालले सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको चर्चा गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेनलाई शुभकामना सन्देशसहित भारत भ्रमणको निम्तो दिएका छन् ।

त्यो निम्तालाई प्रधानमन्त्री बालेनले स्वीकार गरेका छन् । यद्यपि त्यो प्रारम्भिक चरण भएको र त्यसलाई पूर्णता दिन थप छलफल आवश्यक पर्ने धारणा मन्त्री खनालले व्यक्त गरे ।

भारतीय विदेशमन्त्री जयशंकरसँगको कुराकानीमा दुई देशबिचको उच्चस्तरीय भ्रमणअघि सचिवस्तरीय भ्रमण हुने कुरा भएको बताइएको छ । निकट भविष्यमा भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले नेपाल भ्रमण गर्ने र त्यो भ्रमणको क्रममा अन्य कुराको टुङ्गो लाग्ने कुराकानी भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।