image
image
आइतबार पनि सेवालाई निरन्तरता दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

आइतबार पनि सेवालाई निरन्तरता दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

 काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि सेवालाई निरन्तरता दिन स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।हप्तामा दुई दिन सार्वजानिक बिदा हुँदा स्वास्थ्य सेवा अस्तव्यस्त हुने गुनासो आएसँगै सो निर्णय गरेको हो । सरकारले इन्धनको खपत घटाउनका लागि शनिबार र आइतबार बिदा दिने निर्णय गरिसकेको छ ।

सार्वजनिक विदाका कारण स्वास्थ्य सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले उक्त निर्णय गरिएको हो । मन्त्रालय सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार अस्पतालहरूले कार्यभार र उपलब्ध जनशक्ति हेरेर आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्नुपर्नेछ ।

यदि सो अनुसार बिदा दिन सम्भव नभए सट्टा बिदा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।यसैगरी, उक्त व्यवस्था देशभरका प्रादेशिक अस्पतालहरूमा समेत लागु गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।