image
image
१३ दिनपछि छुटे ओली, अस्पतालमै लगाइयो परिवारको जिम्मा

१३ दिनपछि छुटे ओली, अस्पतालमै लगाइयो परिवारको जिम्मा

 काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई परिवारको जिम्मामा छाडिएको छ।बिहीबार बिहान उनलाई परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

ओलीलाई उनकी श्रीमती राधिका शाक्यको जिम्मामा छाडेको हो।ओलीलाई प्रहरीले चैत १४ गते बिहान पक्राउ गरेको थियो। त्यसयता उनी स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पतालमा छन्। त्यहीँ उपचारको क्रममा रहेका ओलीलाई परिवारको जिम्मामा लगाइएको हो। उनी अझै केही समय अस्पतालमै रहने पनि पारिवारिक स्रोतले जानकारी दियो।

पूर्वगृहमन्त्री रमेश लेखकको हकमा पनि जिम्मा लगाउने प्रक्रिया अघि बढेको छ।सर्वोच्च अदालतको आदेश अनुसार सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार दुबैलाई हाजिर जमानीमा छाड्ने निर्णय गरेको हो। प्रहरीले दुवै जनामाथि भदौ २३ को घटनासँग सम्बन्धित ज्यानसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।