image
image
हवाई इन्धनको मूल्य झन्डै दोब्बरले बढ्यो, पेट्रोल र डिजलको भने यथावत

हवाई इन्धनको मूल्य झन्डै दोब्बरले बढ्यो, पेट्रोल र डिजलको भने यथावत

काठमाडौं । हवाई इन्धनको मूल्य झन्डै दोब्वरले बढेको छ । इन्डियन आयलबाट बढेर आएपछि नेपाल आयल निगमले आज बिहानदेखि लागू हुनेगरी आन्तरिक र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य बढाइएको हो ।

घटा सहेर भएपनि निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । निगमद्वारा जारी बिज्ञप्तिका अनुसार हवाई इन्धन ९आन्तरिकतर्फ० हाल १२७ रुपैयाँ प्रतिलिटर रहेकोमा बढाएर प्रतिलिटर २५१ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा प्रतिकिलोलिटर ९६६ डलर रहेकोमा १७८५ डलर बनाइएको छ ।त्यस्तै पोखरामा ८०१ डलर रहेकोमा १७३२ डलर र भैरहवामा ७८९ डलर रहेकोमा १७१६ डलर कायम गरिएको निगमले जनाएको छ ।

भारतबाट मंगलबार आएको मुल्यसूचि हालसम्मकै सबै भन्दा बढी हो । पछिल्लोपटक डिजेलमा ९४ रुपैयाँ र पेट्रोलमा ४१ रुपैयाँ मुल्री वृद्धि भएर आएको छ । त्यसैगरी हवाई इन्धनमा १२३ रूपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर १९० रूपैयाँ मुल्य बढेर आएको छ ।

अन्तर्राष्ट्रिय रुपमा भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिले नेपाल आयल निगमको वर्तमान वित्तीय अवस्था कमजोर हुँदै गएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पछिल्लो मूल्य अनुसार निगमले १५ दिनमा १३ अर्ब २१ करोड र मासिक २६ अर्ब ४२ करोड घाटा व्यहोर्नु पर्ने देखिएको छ ।

भारतबाट मुल्य बढेर आएपछि ​डिजलमा प्रति लिटर १३३ रुपैया, पेट्रोलमा प्रति लिटर ४७ रुपैया र ​एलपी ग्यासमा प्रति सिलिण्डर ४१६ रुपैयाँ घाटा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।