image
image
आइसीसी टि–२० विश्वकपको उपाधि भारतलाई

आइसीसी टि–२० विश्वकपको उपाधि भारतलाई

काठमाडौं । आइसीसी टि–२० विश्वकपको उपाधि भारतले जितेको छ ।  आइतबार राति भएको फाइनलमा न्यूजिल्याण्डलाई ९६ रनले पराजित गर्दै भारतले विश्वकपको ट्रफी जित्न सफल भएको हो ।

भारतले दिएको २५६ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डका टिम सिफर्ट बाहेक अन्य ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । सिफर्टले २६ बलमा ५२ रन र कप्तान मिचेल सेन्टनरले ३५ बलमा ४३ रन बनाए ।

भारतका जसप्रित बुमराहले ४ विकेट लिए । चार ओभरमा बलिङ गरेका उनले मात्रै १५ रन मात्र खर्चिए । यस्तै अक्षर पटेलले ३ विकेट लिँदा वरुण चक्रवर्ती, हार्दिक पाण्ड्या र अभिषेक शर्माले एकएक विकेट लिए ।

योसँगै भारतले लगातार दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । यसअघि २०२४ मा पनि भारतले विश्वकपको उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।