image
image
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदनः ‘जसले गल्ती गरेको छ, त्यसलाई कारबाही सिफारिस छ’

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदनः ‘जसले गल्ती गरेको छ, त्यसलाई कारबाही सिफारिस छ’


काठमाडौं । गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगका पदाधिकारीहरु आज प्रधानमन्त्री कार्यालय पुगेर प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउने बताएको उनका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए ।

त्यस्तै आयोगले गल्ती गर्नेलाई कारबाही सिफारिस भएको बताएको छ।प्रवक्ता एवं आयोगका सदस्य विज्ञानराज शर्माले कारबाहीका लागि सिफारिस भएको बताए।यद्यपि ककसलाई कस्तो किसिमको कारबाही सिफारिस भएको भन्ने उनले खुलाएनन्।

‘२३ र २४ गते देखेका फ्याक्ट फाइन्डिङ प्रयास गरेका छौ प्रमाणका आधारमा राय सुझाव दिएका छौं। सरकारले ओन गर्‍यो। सरकारले यसको आवश्यक कारबाही गर्छ,’ उनले भने, ‘जसले गल्ती गरेको कारबाही हुन्छ। जसले गरेको छैन कारबाही हुँदैन।’

उनले भदौ २३ गतेको घटनामा सुरक्षा चुक भएको बताए।‘भदौ २३ गते सुरूदेखि नै सेक्युरिटी ल्याप्सेस देखिए। ब्यारिकेड देखि नै ल्याप्सेस भए,’ उनले भने। उनका अनुसार प्रतिवेदन करिब ८ देखि १० हजारसम्म पाना छ। आयोगले २०० भन्दा बढी मानिसको बयान, कागजात गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।