image
image
कालीकोटबाट नेकपाका शाही विजयी

कालीकोटबाट नेकपाका शाही विजयी

 

काठमाडौं ।  कालीकोटमा नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही विजयी भएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा शाहीले ११ हजार ३३८ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले जानकारी दिए ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा९एमाले०का नगिन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरे । नौ सय ८६ मतान्तरले पछि पार्दै शाही विजयी भएको हो ।

नेपाली कांग्रेसका हर्षबहादुर बमले नौ हजार १३३ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा ९माओवादी०का उम्मेदवार खड्गबहादुर विश्वकर्माले चार हजार ५९९ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश न्यौपानेले दुई हजार ९३७ मत पाए ।

नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ५९७, राप्रपाका सूर्यबहादुर शाहीले ५६६ र राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरीले २६९ मत ल्याए ।

विजयी शाहीले २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचित भएपछि ऊर्जामन्त्री, ०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भएर कर्णाली प्रदेशको प्रथम मुख्यमन्त्री बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।