image
image
हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड आइपिओ पाइपलाइनमा

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड आइपिओ पाइपलाइनमा

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन ९आइपिओ०का लागि प्रक्रिया अगाडि बढाएको छ।कम्पनीको मिति २०८२ मंसिर १२ गते सम्पन्न वार्षिक साधारण सभाको निर्णयअनुसार आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिएको थियो।

धितोपत्र बोर्डले फागुन १३ गते प्रकाशित गरेको सूचना अनुसार कम्पनीको आइपिओ पाइपाइनमा राखिएको छ । बोर्डले कम्पनीको आइपिओ निवेदनलाई अन्य वर्गअन्तर्गत सूचीकृत गरेको जानकारी दिइएको छ।

कम्पनीले २० लाख ७५ हजार कित्ता शेयर प्रतिकित्ता ३५८ रुपैयाँ ८५ पैसा दरले प्रिमियम मूल्यमा जारी गर्ने प्रस्तावसहित बोर्डमा आवेदन दिएको जनाएको छ।यस आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ।

नेपाल राष्ट्र बैंक बाट इजाजतप्राप्त हायर पर्चेज संस्थाका रूपमा सञ्चालनमा रहेको कम्पनीले आइपिओमार्फत पूँजी विस्तार गर्दै सेवा विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।