image
image
निर्वाचनको मुखमा  बढाइयो ग्यासको आयात, अभाव नहुने निगमको दाबी

निर्वाचनको मुखमा  बढाइयो ग्यासको आयात, अभाव नहुने निगमको दाबी

 

 काठमाडौँ । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात बढाएको छ। निर्वाचनको समयमा बजारमा ग्यासको अभाव हुन नदिन निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट ग्यासको लोडिङ उच्च दरमा गरिरहेको जनाएको छ।

निगमका अनुसार मंगलबार यो वर्षकै सबैभन्दा बढी परिमाणमा ग्यास लोड भएको छ। मंगलबार एकै दिन १३८ बुलेट ग्यास लोड भएको निगमले जानकारी दिएको छ। यो परिमाण करिब १ लाख ७३ हजार ८०० सिलिन्डर बराबर हुन आउँछ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले निर्वाचनको अवधिमा पनि ग्यासको आपूर्ति यसरी नै नियमित हुने भन्दै उपभोक्तालाई ढुक्क रहन आग्रह गरेका छन्। बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन निगमले भण्डारण र वितरण प्रणालीलाई चुस्त राखेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।