image
image
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस


काठमाडौं । निर्वाचन आयोगले चुनावमा तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ।आइतबार सरकारलाई पत्राचार गर्दै चुनावमा तीन दिन बिदा दिन सिफारिस गरेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए।

उनका अनुसार आयोगले २०, २१ र २२ गते बिदा दिन सरकरालाई सिफारिस गरेको छ।त्यसबारे निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत फागुन २१ गते मतदान हुनेछ।

आयोगले सिफारिस गरे अनुसारको निर्णय भए निर्वाचनको समयमा एक साता नै बिदा हुनेछ। यसपालि फागुन १८ गते पहाडमा र १९ गते तराईमा होली परेको छ।   २३ गते शनिबार र २४ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवस पनि मनाइँदै छ। ‍‍यसरी समग्रमा निर्वाचनताका एक साता नै बिदा हुने भएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।