image
image
चुनावी अभियानः रवि लामिछाने रुपन्देहीमा, बालेन शाह निर्वाचन क्षेत्रमा

चुनावी अभियानः रवि लामिछाने रुपन्देहीमा, बालेन शाह निर्वाचन क्षेत्रमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले चुनावी अभियान अन्तर्गत विभिन्न जिल्लामा जनसम्पर्क कार्यक्रम गरिरहेका छन्। जसअनुसार सभापति लामिछानेले सोमबार रुपन्देहीका विभिन्न स्थानमा जनसम्पर्क तथा ‘घण्टी अभिवादन’ कार्यक्रम गर्दैछन्। पार्टीले सार्वजनिक गरेको तालिका अनुसार लामिछानेले देवदह, ओमसतिया, रोहिणी, सिद्धार्थनगर, शुद्धोदन, बुटवल, सैनामैना, कञ्चनपुर, गैडहवा र लुम्बिनी क्षेत्रका विभिन्न चोक र बस्तीमा पुगेर मतदातासँग भेटघाट गर्ने कार्यक्रम छ। लामिछानेले उम्मेदवारी भने चितवन २ बाट दिएका छन् । 

यसैगरी शाहले आज आफ्नो निर्वाचन झापा क्षेत्र नं. ५ अन्तर्गत कमल गाउँपालिकाका विभिन्न स्थानमा नागरिक भेटघाट कार्यक्रम गर्दै छन्।  शाहको सचिवालयका अनुसार बिहान ७ः३० बजेबाट सुरु हुने कार्यक्रमअन्तर्गत सानो केर्खा चोक, सिंघदेबी मन्दिर, केर्खा बजार, केराधाप, क्याम्पा, सुनहरा (उराउ र संथाल बस्ती), ढ्यांग्री, शरंग्पडा बजार, बाह्रबिघा मन्दिर, नहरचोक, शान्ति चोक, सुकुम्बासी बस्ती, समैगड, छलफल चोक र भुत्लुङ स्कुल अगाडि गरी १५ स्थानमा नागरिकसँग भेटघाट गर्ने कार्यतालिका तय गरिएको छ। शाहले यसअघि विभिन्न जिल्लामा नागरिकसँग भेटघाट कार्यक्रम सकिसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।