image
image
दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं पक्राउ


काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रसाईंलाई प्रहरीले शुक्रबार दिउँसो काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको हो। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी प्रविण धितालका अनुसार प्रसाईंलाई पक्राउ गरिएको छ।

उनीविरूद्ध साइबर ब्युरोमा उजुरी रहेको उनले बताए। ‘उहाँविरूद्ध साइबर ब्युरोमा उजुरी परेपछि पक्राउ गरेको हो,’ एसएसपी धितालले भने। उनलाई निर्वाचन आयोगको पत्र आएपछि पक्राउ गरिएको ब्युरो प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए। निर्वाचन आयोगबाट आचारसंहिता कार्यान्वयन सम्बन्धमा पत्राचार भएको थियो, त्यही विषयमा बुझ्न ल्याएका छौं, के कस्तो कारबाहीको प्रावधान छ हेर्दैछौं,उनले भने।

आयोगले प्रतिनिधि सभा निर्वाचन २०८२को ४ (ख) बर्खिलाप हुने गरी कसुर गरेको र विद्युतीय कारोबार ऐन २०७४को दफा ४७ बमोजिमको कसुर गरेको भन्दै प्रहरीलाई पत्राचार गरेको थियो।

४ (ख) मा भनिएको छ– ‘आयोगद्वारा सञ्चालित निर्वाचन व्यवस्थापन र मतदाता शिक्षा लगायत अन्य कार्यक्रममा कुनै किसिमले अवरोध हुने गरी कुनै कार्य गर्न वा निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन नहुने।’ प्रसाईं पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।