image
image
यामाहाको पहिलो इलेक्ट्रिक स्कुटर ईसी ०६ सार्वजनिक

यामाहाको पहिलो इलेक्ट्रिक स्कुटर ईसी ०६ सार्वजनिक


काठमाडौं । यामाहाको पहिलो इलेक्ट्रिक स्कुटर ईसी ०६ भारतमा सार्वजनिक भएको छ । कम्पनीले भारतीय बजारमा ईसी ०६ स्कुटरको मूल्य १ लाख ६७ हजार भारु (एक्स शोरुम) तोकेर बिक्री सुरु गरेको हो ।

कम्पनीले ‘मास प्रोडस्कन’ सुरु गरेको १ महिनापछि ईसी ०६ स्कुटर भारतीय बजारमा आधिकारिक रूपमा बिक्री थालेको हो । यामाहाले दुईपाँग्रे इलेक्ट्रिक स्टार्टअप कम्पनी रिभरको कर्नाटकको होस्कोटस्थित प्लाण्टबाट ईसी ०६ को मास उत्पादन गरेको हो ।

यामाहाले ईसी ०६ लाई रिभरको इन्डीको स्कुटर प्लेटफर्ममै बनाएको हो । तर, यस स्कुटरको डिजाइन भने फरक रहेको छ । ईसी ०६ मा प्रयोग गरिएको धेरैजसो मेकानिकल पार्टपुर्जा र अन्य फिचरहरू पनि रिभर इन्डी स्कुटरबाटै लिइएको छ ।

ईसी ६ मा ४ किलोवाट आवरको ब्याट्रीप्याक छ । यसमा ६।७ किलोवाटको मिड माउन्टेड मोटर छ । यसले २६ एनएम टर्क जेनेरेट गर्छ । यामाहाको यस ई स्कुटरले एक पटकको फुल चार्जमा १६९ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । यसको टप स्पिड ९० किलोमिटर प्रतिघण्टा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।