उपचुनावमा ‘एमाले-एमाले’ वीच हुने भयो भिडन्त
काठमाडौँ । आगामी जेठ ६ गते हुन लागेको उपनिर्वाचनमा एमाले-एमालेवीच भिडन्त हुने भएको छ । राष्ट्रियसभाको रिक्त एक सिटका लागि हुने भनिएको उक्त उपचुनावमा एमाले नै दुई गुटमा विभाजित भएकाले भिडन्त हुने भएको हो ।
माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा बादलले दल त्याग गरेपछि बाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ ।
त्यस्तै केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले रामबहादुर थापा ‘बादल’ लाई उम्मेद्वार बनाएको छ भने माओवादीले एमाले निकट बुद्धिजीवी एवं संघीयताविद् डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ । वाम बुद्धिजीवी देवकोटालाई माओवादी, नेपाली काँग्रेस र माधव नेपाल पक्षको समर्थन रहनेछ ।
मंगलबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र उपेन्द्र यादवबीचको छलफलबाट डा. देवकोटालाई विपक्षी गठबन्धनको साझा उम्मेदवार बनाउने सहमति भएको थियो ।