image
image
इरानमा भएका नेपालीलाई स्वदेश फर्किन परराष्ट्र मन्त्रालयको आग्रह

इरानमा भएका नेपालीलाई स्वदेश फर्किन परराष्ट्र मन्त्रालयको आग्रह

 

काठमाडौं । सरकारले इरानमा भएका नेपालीलाई जतिसक्दो स्वदेश फर्किन भनेको छ । अमेरिका र इरानबीच तनाव बढ्दै गएपछि परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै इरान जान तयारी गरिरहेकाले भ्रमण स्थगित गर्न भनेको हो ।

‘पछिल्लो विकासक्रमलाई ध्यानमा राख्दै त्यहाँको अवस्था सामान्य नभइन्जेलसम्म इरान भ्रमण गर्ने योजना स्थगित गर्न हामी सल्लाह दिन्छौँ । हाल इरानमा रहेका नेपाली नागरिकलाई सकेसम्म छिटो इरान छोड्न सल्लाह दिन्छौँ’ परराष्ट्रले भनेको छ ।

सरकारले त्यहाँ रहेका नेपालीलाई आफ्ना महत्त्वपूर्ण डकुमेन्टहरू पासपोर्स्ट, परिचयपत्रलगायतहरू सहजै भेटिने स्थानमा राख्न पनि भनेको छ । परराष्ट्रले समन्वयका लागि नेपालस्थित दूतावास, कतारस्थित दूतावासँग सम्पर्कमा रहिरहन पनि भनेको छ । इरानमा नेपाली भएको तर, कति संख्यामा छन् भन्ने तथ्यांक छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।