स्वस्तिमा र निश्चलसहित तातो गोलि युट्युब ट्रेन्डिङमा
काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेतका आ–आफ्नै प्रशंसक छन्। वास्तविक जीवनको यो जोडीलाई पर्दा वा भिडिओमा सँगै देख्न चाहने जमात सर्वाधिक मात्रमा छन्। त्यसैले जब यी दुई एउटै गीत वा फिल्ममा काम गर्छन्, चर्चाको शिखरमा आउँछन्। अहिले स्वस्तिमा–निश्चल युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा छन्।
महेश काफ्ले र मेलिना राईको स्वरको गीतबाट उनीहरु ट्रेन्डिङमा आएका हुन्। तातो गोली बोलको यो गीतमा गायक महेश र पुष्कर गुरुङ पनि देखिएका छन्। उदयराज पौडेलले संगीत संयोजन गरेको गीतमा गायक महेशकै शब्द र संगीत छ।
गत शुक्रबार जि२१ डिजिटल च्यानलबाट सार्वजनिक यो गीतले हालसम्म १३ लाखभन्दा बढी भ्यूज पाइसकेको छ।
गायक महेशका यसअघि लज्जावती झार, नाच फिरिरीलगायत गीतहरुले पनि अत्याधिक चर्चा पाएका थिए। लोकभाकामा आधारित रमाइला गीत बनाउने महेशले यो गीतमा पनि पुरानै स्वाद र शैली कायम राखेका छन्।
असीम शाहको निर्देशन र लोकेश बज्राचार्यको सम्पादनमा तयार भएको गीतको भिडिओमा हरि हुमागाईंको छायांकन छ।