image
image

ठगीको आरोपमा अन्नपूर्ण चिनी मिलका सञ्चालक पक्राउ  

काठमाडौँ । सर्लाहीस्थित अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । उखु किसानको बक्यौता रकम नतिरेको र ठगी मुद्दामा अग्रवाललाई त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरिएको हो।

उखु किसानको बक्यौता रकम भुक्तानी नगरेकाले उनीविरुद्ध सर्लाही र नवलपरासीमा ठगी मुद्दा दर्ता भएकाले उनलाई पक्राउ गरिएको एसएसपी कुँवरले जानकारी दिए ।अग्रवाल नवलपरासी पश्चिमस्थित इन्दिरा चिनी मिलका समेत सञ्चालक हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अन्नपूर्ण चिनी मिलले अहिलेसम्म ९ करोड ९० लाख रुपैयाँ मात्रै किसानलाई भुक्तानी गरेको छ । मिलले किसानलाई अझै १७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।