शालीनदीमा डिजिटल ‘क्यूआर कोर्ड’ मार्फत दान गर्न सक्ने
काठमाडौँ माघ १५ ।आज पौष शुक्लपक्ष पूर्णिमा तिथि जसलाई स्वस्थानी सुरवातको दिन मानिन्छ । स्वस्थानी सुरु भएसँगै पवित्र धार्मिकस्थलहरुमा मेलाहरु सुरु हुन्छ । तिनै धर्मस्थल मध्य शालीनदी पनि एक प्रशिद्ध धर्मस्थल हो जहाँ प्रत्येक वर्ष स्वस्थानी व्रतकथा सुभारम्भको दिनदेखि मेला लाग्ने गर्छ । शालीनदीमा कोरोना महामारीलाई मध्य नजर गर्दै ‘क्यूआर कोर्ड' को व्यवस्ता गरिएको छ ।
माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी विकास समितिले यस वर्षको मेलालाई लक्षित गर्दै धार्मिकस्थलमा डिजिटल दान प्रणालीको व्यवस्था गरेको हो ।समितिले नेचुरल बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा धार्मिकस्थल परिसरमा डिजिटल, क्यूआर कोर्ड स्क्यानरको व्यवस्था गरेको छ ।उक्त कोर्ड स्क्यान गरेर नेपालको जुनसुकै बैंक तथा वित्तीय संस्था तथा सहकारीबाट समितिमा सहयोग गर्न सकिने संस्थाले जनाएको छ । योसँगै अब समितिलाई आर्थिक सहयोग गर्न चाहने जो कोहीँ भक्तजनले डिजिटल माध्यमबाट सहयोग रकम भूक्तानी गर्न सक्ने भएका छन्।