image
image

नेकपाका दुवै समूहलाई निर्वाचन आयोगले बोलायो

 काठमाडौँ माघ १५ ।  गत  पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा दुई समूहमा विभाजित छ। आज निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टीका दुवै समूहलाई छलफलका लागि बोलाएको छ। आयोगले आगामी वैशाख १७ र २७ गते हुन लागेको मध्यावधि निर्वाचन तयारीका लागि दुवै समूहलाई छलफलका लागि बोलाएको हो। 

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दुवै समूहलाई बोलाएर  शुक्रबार ११ बजे आयोगमा छलफल गरिने छ। आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने तयारी भइरहेको छ', श्रेष्ठले भने, 'आयोगले निर्वाचनसम्बन्धी हालसम्म गरेका तयारीबारे जानकारी दिनका लागि उनीहरुलाई बोलाएको हो।' 

श्रेष्ठका अनुसार उक्त छलफलका लागि दुवै समूहबाट ५/५ जनालाई डाकिएको हो। तर आयोगले यो छलफल उनीहरुको आधिकारिकता विवादमा केन्द्रित भएर गर्न लागिएको होइन भनेर जानकारी दिएका छन् । 



 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।