साताको दोस्रो दिन सुनचाँदीको मूल्यमा वृद्धि
काठमाडौँ - साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार १ हजार रुपैयाँले बढेर १ लाख ८९ हजार ८०० रुपैयाँ पुगेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले वृद्धि भएको छ। आइतबार प्रतितोला १ हजार ९८५ रुपैयाँ रहेको चाँदी सोमबार १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ।









