image
image
गैँडाकोटमा बोलेरो र मोटरसाइकल ठोक्किँदा दुई घाइते, एकको अवस्था गम्भीर

गैँडाकोटमा बोलेरो र मोटरसाइकल ठोक्किँदा दुई घाइते, एकको अवस्था गम्भीर

काठमाडौँ   -    नवलपुरको गैँडाकोटमा बोलेरो र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गैँडाकोट नगरपालिका–२ स्थित भृकुटीचोकमा बिहीबार बिहान पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा पर्साको बहुदरमाई गाउँपालिका–८ का ३० वर्षीय उमाशंकरकुमार पण्डित र नवलपुरको हुप्सीकोट गाउँपालिका–३ का ३० वर्षीय सागर पाण्डे घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार कांग्रेस चोकबाट चितवनतर्फ जाँदै गरेको लु ३ च ८४७७ नम्बरको बोलेरोलाई ओभरटेक गर्ने क्रममा ना ६३ प २२६१ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आइरहेको ना १ ज ४३४२ नम्बरको म्याजिक भ्यानमा ठोक्किएको थियो ।

दुर्घटनापछि दुवै घाइतेलाई तत्काल उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेजमा लगिएको छ । डीएसपी नेपालका अनुसार पाण्डेको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।