image
image
गणतन्त्रको विकल्प वंशीय तन्त्र हुनै सक्दैन : राष्ट्रियसभा अध्यक्ष दाहाल

गणतन्त्रको विकल्प वंशीय तन्त्र हुनै सक्दैन : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौँ -  गणतन्त्र दिवस–२०८२ को अवसरमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय तन्त्र हुन नसक्ने स्पष्ट पारेका छन्। शुभकामना सन्देशमार्फत अध्यक्ष दाहालले संविधानको इमान्दार कार्यान्वयन र समावेशी शासन प्रणालीलाई संस्थागत गर्दै संघीयता अभ्यास गर्नुपर्ने चुनौती औंल्याएका छन्।

उनले गणतन्त्रलाई शासन प्रणाली मात्र नभई जनजीवनमा परिवर्तन ल्याउने माध्यमका रूपमा जोड दिएका छन्। साथै, विगतका जनसंघर्ष र आन्दोलनमार्फत गणतन्त्र स्थापना भएको स्मरण गर्दै सहिदप्रति श्रद्धाञ्जली र योगदान दिने सम्पूर्णप्रति सम्मान व्यक्त गरेका छन्।

दाहालले समाजवादोन्मुख अर्थतन्त्र निर्माण र सुशासनसहितको राज्य सञ्चालनमा दृढतापूर्वक अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।