image
image
आज चार संसदीय समितिको बैठक, विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुने

आज चार संसदीय समितिको बैठक, विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुने

काठमाडौं   -   आज संघीय संसदका चार वटा संसदीय समितिको बैठक बस्दैछन्। बैठकका प्रमुख विषयहरूमा आगामी आर्थिक वर्षको बजेट, विपद् व्यवस्थापन, ज्येष्ठ नागरिकका हक अधिकार र अनुगमनका विषयमा छलफल हुनेछ।

अर्थ समितिको बैठक
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने विषयहरूमा छलफल हुनेछ। बैठकमा राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, लगानी बोर्ड नेपाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिहरूसँग बजेटसम्बन्धी अन्तरक्रिया हुनेछ।

सार्वजनिक लेखा समितिको बैठक
त्यस्तै, बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिमा प्राप्त उजुरीहरूमा छलफल हुनेछ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक
बिहान साढे ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता पूर्वबजेटका सम्बन्धमा छलफल हुनेछ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक
बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विपद् व्यवस्थापन (विपद् जोखिम न्युनिकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा भएका काम कारबाही, विपद् जोखिम न्युनिकरणको लागि तयारी तथा भावी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।