image
image
सांसद रमा कोइरालाको आरोप : ग्याँस सिलिण्डर साट्दा उपभोक्ता ठगिँदैछन्

सांसद रमा कोइरालाको आरोप : ग्याँस सिलिण्डर साट्दा उपभोक्ता ठगिँदैछन्

काठमाडौं  -   सत्तारुढ नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले एलपी ग्याँस सिलिण्डर साट्दा उपभोक्तालाई ठग्ने कार्य भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। “ग्याँस सिलिण्डर साट्ने बहानामा सर्वसाधारण उपभोक्ता ठगिँदैछन्,” उनले भनिन्, “सिलिण्डरका विभिन्न प्रकार बनाएर ग्याँस नै छैन भनेर उपभोक्तालाई बाध्यतामा पारी थप पैसा असुल्ने काम भइरहेको छ।”

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बजारमा ग्याँस अभावको नाटक गरेर विभिन्न बहानामा उपभोक्ताबाट ५ सयदेखि १ हजार रुपैयाँसम्म असुली हुने गरेको आरोप लगाइन्।

सांसद कोइरालाले यस्ता कार्यमा संलग्न व्यापारीहरूलाई कारबाही गर्न र बजारमा कडा अनुगमन गर्न सरकारसँग माग गरिन्।

उनले सम्बद्ध मन्त्रालय र आपूर्ति व्यवस्थापन निकायले तत्काल यस्ता अनियमितता नियन्त्रण नगरे उपभोक्ताको विश्वास गुम्ने चेतावनी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।