राप्रपा सांसद प्रधानको संसदमा सुशासन र जनभावनाको रक्षा गर्ने आह्वान
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले प्रतिनिधि सभाको बैठकमा देशमा सुशासनको आवश्यकता औंल्याउँदै जनभावनाको सम्मान गर्न सरकारलाई आग्रह गरेका छन्। उनले भने, “किसानलाई अहिले गणतन्त्र नभइ मल चाहिएको, जनतालाई गणतन्त्र नभइ सुशासन र सहकारी पीडितलाई गणतन्त्र नभइ पैसा फिर्ता चाहिएको छ।”
प्रधानले परिवर्तनका नाममा आपराधिक गतिविधिहरू बढेको र देश लुट्ने काम भइरहेको आरोप लगाए। उनले चेतावनी दिँदै भने, “जनभावना र मानिसका आस्थालाई प्रहार नगर्नुस्। आस्थालाई दबाउन शक्ति प्रयोग भए जनताले सुविधा नपाउनेछन्।” उनले शान्तिपूर्ण तवरले समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए।









