image
image
आज तीन संसदीय समितिको बैठक, यी छन् प्रमुख एजेन्डा

आज तीन संसदीय समितिको बैठक, यी छन् प्रमुख एजेन्डा

काठमाडौँ  -  आज संघीय संसद अन्तर्गत तीन वटा संसदीय समितिको बैठक बस्दै छन्। बैठकका प्रमुख एजेन्डा निम्नानुसार रहेका छन्:

१. विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक

बिहान साढे ११ बजे बस्ने बैठकमा नेपाललाई अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रक्रियामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालसम्म गरेका कामहरूको प्रगति र आगामी कार्ययोजनाबारे छलफल हुनेछ।

२. विधायन व्यवस्थापन समितिको बैठक

दिउँसो १ बजे बस्ने बैठकमा ऐन कार्यान्वयन मापनको स्थलगत अध्ययनको समीक्षा सम्बन्धमा छलफल हुनेछ।

३. शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक

दिउँसो साढे ३ बजे बस्ने बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन पेस हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।