विद्युत् प्राधिकरणको लाइन कटौतीप्रति माओवादी सांसद नारायणी शर्माको आपत्ति
काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)की सांसद नारायणी शर्माले नेपाल विद्युत् प्राधिकरणको विद्युत् आपूर्तिमा भइरहेको असुविधाप्रति गम्भीर आपत्ति जनाएकी छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शर्माले गर्मीको समयमा सूचना बिना पटकपटक लाइन काट्दा जनता आहत भएको बताइन्। उनले प्राधिकरणलाई जनताको जीवनमाथि खेलवाड नगर्न र लाइन नियमित दिन रुलिङ गर्न सभामुखसँग माग गरिन्।
सांसद शर्माले भनिन्,‘लाइन नियमित दिइयोस् भनेर सभामा प्राधिकरणलाई रुलिङ गरियोस् भन्ने माग गर्न चाहन्छु,’ ।









