image
image
गृहमन्त्री रमेश लेखकको भनाइ: 'सरकार काँग्रेस र एमाले बीचको सहमतिअनुसार अघि बढ्ने'

गृहमन्त्री रमेश लेखकको भनाइ: 'सरकार काँग्रेस र एमाले बीचको सहमतिअनुसार अघि बढ्ने'

काठमाडौँ -   गृहमन्त्री रमेश लेखकले सरकार नेपाली काँग्रेस र नेकपा एमाले बीचको सहमतिअनुसार अघि बढ्ने बताएका छन्। बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा उनले सरकारको स्थिरता र समृद्धिका लागि यो सहमति आवश्यक रहेको बताए।

लेखकले भने, "यसपालि दसै महिनामा सरकार फेरिँदैन। यस्ता १० महिना हामी तीन, चार वटा अरू व्यहोर्छौँ।" उनले १० महिनाको समयलाई धेरै नरहेको र सरकारको कार्यकाललाई स्थिर बनाउनका लागि यो समय पर्याप्त रहेको बताए।

संक्रमणकालीन न्यायका सम्बन्धमा उनले कानूनलाई पूर्णता दिएको र सिफारिस समितिलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी ढंगले सिफारिस गर्न आग्रह गरे। उनले पीडितको प्रतिनिधित्वको विषयमा पनि सिफारिस समितिसँग कुरा गर्न सकिने उल्लेख गरे। यदि त्यो सम्भव नभए नयाँ संशोधनमा ऐनमा पीडित समन्वय इकाइ गठन गरेर नियमावलीमा थप स्पष्ट पारेर व्यवस्था गर्न सकिने बताए।

लेखकले पीडितलाई संक्रमणकालीन न्यायको प्रक्रियाबाट बाहिर राखेर प्रक्रिया ठिक ढंगले निष्कर्षमा नपुग्ने बताए। उनका अनुसार, "पीडितलाई प्रक्रियामा समावेश नगरी न्यायको प्रक्रिया पूरा गर्न सकिँदैन।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।