image
image
नेकपा (एकीकृत समाजवादी) ले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने

नेकपा (एकीकृत समाजवादी) ले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने

काठमाडौँ -   नेकपा (एकीकृत समाजवादी) ले सुशासन र रोजगारीका माग पुरा गराउन दबाब दिने उद्देश्यले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ। मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले आन्दोलनका कार्यक्रमहरू केन्द्रीय कार्यालयबाट तयार गरी सार्वजनिक गर्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसदमा छलफल भइरहेको सरकारको नीति तथा कार्यक्रम, आन्दोलनका दोस्रो चरणका कार्यक्रम निर्धारण र पार्टीको सङ्गठनात्मक कार्ययोजना लगायतका विषयमा छलफल भएको छ।

पार्टीले पहिलो चरणको आन्दोलनलाई सफल ठहर गर्दै दोस्रो चरणमा जनसहभागितामा आधारित कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ। ज्वालाले भने, "पहिलो चरणको आन्दोलन वामअर्प थियो, अब जनसहभागितामा आन्दोलन गर्छौं र आन्दोलनको स्वरूप पनि परिवर्तन गर्छौं।" उनले थपे, "हामीले माग जे पेस गरेका छौं ती माग कार्यान्वयनका लागि सशक्त कार्यक्रम अघि ल्याउँछौं।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।