राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले ओली सरकारमाथि भ्रष्टाचारको आरोप लगाए
काठमाडौँ - राष्ट्रिय ।प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई भ्रष्टाचारको संरक्षण गर्ने र बिचौलियाको मेरुदण्ड भएको आरोप लगाएका छन्। उनले मंगलबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उक्त टिप्पणी गरेका हुन्।
सांसद शाहीले भने, “देशमा कोही पनि सुरक्षित छैनन्। कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, स्वास्थ्यकर्मी, शिक्षक, युवा, कलाकार, उद्योग व्यवसायी सबै असुरक्षित छन्। केवल भ्रष्ट र बिचौलियाहरू मात्र सुरक्षित छन्। यसैले यो सरकार भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने मेरुदण्ड हो।”
उनले सरकारको नीति तथा कार्यक्रममा जनताको वास्तविक समस्यामा ध्यान नदिइएको र भ्रष्टाचार नियन्त्रणका लागि स्पष्ट योजना नदेखिएको आरोप पनि लगाए। शाहीले राप्रपाले संसद र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान चलाउने बताएका छन्।









