image
image
चिया टिप्दै १५ देशका कूटनीतिज्ञहरु, ‘पर्यटन दूत’ बन्न मन्त्रीको आग्रह

चिया टिप्दै १५ देशका कूटनीतिज्ञहरु, ‘पर्यटन दूत’ बन्न मन्त्रीको आग्रह

काठमाडौं । नयाँ वर्ष २०८२ मनाउन परराष्ट्रमन्त्री आरजु राणा देउवासहित करिब १५ देशका राजदूत एवम कुटनीतिज्ञहरु इलाममा छन् । मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गतको ‘डिप्लोम्याटिक रिट्रिट’का लागि उनीहरु यस पटक इलाम पुगेका हुन् । आइतबार इलामको कन्याम पुगेर सांस्कृति पहिरनसहित घोडा सवार गरेका उनीहरु सोमबार अन्तु भ्रमणमा छन् । सोमबार विहान अन्तुडाँडामा पुगेर सूर्योदय दृश्यावलोकन गरेका उनीले अन्तु पोखरीमा डुंगा सयर पनि गरे ।

डुंगा सयरपछि चियावारीमा उत्रिएका उनीहरुले मौलिक पारामा चिया टिपेर मनोरन्जन समेत लिएका छन् । डाडाँमा चिया टिपेर चोयाको डालोमा लगाएर रमाइलो गरिरहेका उनीहरुले नेपालमा चिया पर्यटनको चर्चा समेत गरेका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईसहित सबै राजदूतहरुले चिया बगान छिरेर आधा घन्टासम्म चिया टिपेका थिए । ‘सबै राजदुतहरुले फरक अनुभव लिए । नेपालीहरुले चिया टिप्ने शैली उनीहरुले बुझ्ने मौका पाए । चिया कसरी तयारी गरिन्छ भन्ने जानकारी समेत लिए,’सचिव राईले भने ।

सूर्योदयका नगर प्रमुख रण बहादुर राईले राजदूतहरुले टिपेको चिया प्रशोधन गरी तयार पारेर उनीहरुलाई नै कोशेली स्वरुप पठाउने घोषणा पनि गरे । इलामको चिया चिनाउनका लागि यस्तो प्रयास गरिएको उनले जानकारी दिए ।

अन्तु भ्रमणकै सिलसिलामा अनौपचारिक कार्यक्रम अन्र्तगत अन्तुमै चिया टेष्टिङ पनि गराइएको छ । सूर्योदय टि प्रोडुर्सस एसोसिएसन र राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड चिया बिस्तर योजना फिक्कलले बिभिन्न १६ जातका चिया टेष्टिङ गराएको हो । नेपाली चियाका बिभिन्न जात चखाएर नेपाली चिया बिश्व बजारमा प्रवर्धन गर्नका लागि चिया टेष्टिङको कार्यक्रम राखीएको सूर्योदय टि प्रोडुर्सस एसोसिएसनका सचिव गोपाल कट्टेलले जानकारी दिए ।

चिया टेष्टिङसंगै चियाका प्रकार बारेमा जानकारी गराइएको थियो । ब्ल्याक टि, अर्थोडक्स ग्रीन टि, उलङ टि, सिल्भर टी, गोल्डेन टीको स्वाद चखाइएको राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड चिया बिस्तार योजना फिक्कलका चिया प्राविधिक नविन कोइरालाले जानकारी दिए ।

नेपाली नयाँ बर्ष २०८२ को अवसरमा नेपालका लागि बिभिन्न देशका राजदुत आइतबार इलामको सूर्योदय नगरपालिका पुगेका हुन् । परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमण अन्र्तगत १५ देशका राजदुत आइतबारदेखि इलाम भ्रमणमा गएका हुन् ।

परराष्ट्रमन्त्री डा।देउवाको नेतृत्वमा, मन्त्रालयका सचिव राईसहितका कर्मचारी, टुरिजम बोर्डका कर्मचारी राजदुत सहित ४५ जना बढी उच्च तहका पदाधिकारी भ्रमणमा सहभागी छन् । भ्रमण अन्र्तगत सोमबार अन्तु पोखरीमा राजदूतहरुलाई डुंगा सयर गराउनुका साथै माछा झिक्ने ९फिसिङ० गरिएको छ ।

मन्त्रालयले वार्षीक रुपमा बिभिन्न देशका राजदूतलाई नयाँ बर्षको अवसरमा नयाँ पर्यटकीय गन्तब्यमा भ्रमण गराउने कार्यक्रम अनुसार यसपटक सूर्योदय नगरपालिकाको अन्तुमा र कन्याममा कार्यक्रम तय भएको थियो ।

नगरले राजदुतको स्वागतमा बिभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरेको छ । राई, लाप्चा र नेवारी नृत्यसहित साकेला र झाक्री नाचले स्वागत गरिएको थियो ।

भ्रमणमा इजिप्ट, दक्षिण कोरिया, यूके, स्वीटजल्याण्ड, थाइल्याण्ड, अष्टे«लिया, फ्रान्स, इजरायल, जापान मलेसिया, श्रीलंका, बंगलादेश र इसीमोडका राजदूत सहभागी छन् । टोली बैशाख २ गतेसम्म इलाममा नै रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।