image
image
पुर्व आईजीपी राणाको अन्तिम बिदाइ (फोटोफिचर)

पुर्व आईजीपी राणाको अन्तिम बिदाइ (फोटोफिचर)

काठमाडौं।  नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीपसमशेर राणाको अन्तिम बिदाइ गरिएको छ । राणाको ७८ वर्षको उमेरमा गएराति निधन भएको हो । उनको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।राणाको आज बिहान १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए ।
 
उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा सङ्गठनका थुप्रै कर्मचारी उक्त सङ्गठनमा समायोजित भएका थिए । सशस्त्र द्वन्द्वकालमा प्रहरी परिचालन र व्यवस्थापनको चुनौतीलाई उनले सहजताका साथमा निर्वाह गरेका थिए । उनको छोरा दीप शमसेर जबरा नेपाल प्रहरीका एसएसपी पदमा कार्यरत छन्।

 उनले एक शोक सभाका बिचमा पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरेका हुन् । उनको अन्तिम बिदाइमा गृह मन्त्री रमेश लेखक तथा प्रहरी महानिरिक्षक दिपक थापालगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।