image
image
कर्णाली र राराको पानी बोकेर सगरमाथा आरोहणका लागि हिडे अक्कल बोहरा

कर्णाली र राराको पानी बोकेर सगरमाथा आरोहणका लागि हिडे अक्कल बोहरा


काठमाडौं ।  छाँयानाथ रारा नगरपालिका–१३ पार्थ गाँउमा जन्मेका अक्कल बोहराले मुगु कर्णाली र रारा तालको पानी लिएर शुक्रबार सगरमाथा आरोहणका लागि हिडेका छन् । रारा तालमा राज्यका तीनवटै तहले गनुपर्ने बिकास नगरेकाले त्यसका लागि दबाब दिने, कर्णाली नदीको पानी सदुपयोग गर्नुपर्नेलगायतका माग राखेर आफू सगरमाथा आरोहणमा निस्किएको बताए । 

बोहोरा पूर्व धावक हुन् । उनी अहिले स्पेनमा रारा नामक होटल सन्चालन गर्दै आएका छन् । उनी आफ्नै लगानीमा आरोहणमा निस्किएका हुन् । सामाजिक अभियन्ता समेत रहेको उनले विभिन्न सामाजिक सेवा समेत गर्दै आइरहेका छन् । 

शुक्रबार छाँयानाथ रारा नगरपालिकाले एक कार्यक्रम गरी नगरपालिका भित्र श्रमदान तथा अन्य समुदायमा सामाजिक क्षेत्रमा निकै उल्लेखीय काम गदै आएको भन्दै नगर प्रमुख बिस्नु कुमार भामले मायाको चिनो उपहार दिंदै सफल आरोहणका लागि शुभकामना दिए । 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।