image
image

नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापित

काठमाडौँ, १८ वैशाख: नेपाल र क्यारेबियन मुलुक डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यससँगै १६९ देशसँग नेपालको बाह्य सम्बन्ध विस्तार भएको छ ।कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र डोमेनिकाका स्थायी प्रतिनिधि लोरिन रुथ बान्निस रोबर्टले न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा आज हस्ताक्षर गरे ।


त्यस अवसरमा दुवै राजदूतले पारस्परिक लाभका खातिर आपसी सम्बन्ध अझ विस्तार गर्ने सम्बन्धमा विचारविमर्श गरेको राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगले जनाएको छ ।

नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी दुवै देशका राजदूतले संयुक्तपत्रमार्फत राष्ट्र सङ्घका महासचिव एण्टोनियो गुटरेसलाई दिएको बताइएको छ । सात सय ५० वर्गकिलोमिटर क्षेत्रफल करीब ७५ हजार जनसङ्ख्या भएको टापु राज्य डोमिनिका र नेपाल समूह ७७ र असंलग्न आन्दोलनका सदस्य हुन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।