image
image
‘तीनकुने घट्नामा सरकार एक पक्षलाई दोषी देखाएर उम्कन पाउँदैैन्’

‘तीनकुने घट्नामा सरकार एक पक्षलाई दोषी देखाएर उम्कन पाउँदैैन्’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले तीनकुने घट्नामा सरकार एक पक्षलाई दोषी देखाएर उम्कन नपाउने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले तीनकुने प्रदर्शनमा गृह प्रशासनले जम्मा चार हजार मान्छे आएको भनेको थियो भन्दै त्यो संख्या किन सम्हाल्न सकिएन भनेर सरकारमाथि प्रश्न गरेका हुन् ।

उनले भने, ‘चैत्र १५ गतेको घटनामा कुनै  एउटा पक्षलाई दोष दिएर सरकार उम्किन पाउँदैन । प्रधानमन्त्रीज्यूले अघिल्लो दिन १०–१५ हजार मान्छे ओहोरदोहोर गरिरहन्छन् भन्नुभएको थियो । तर गृह प्रशासनले चार हजार मान्छे किन सम्हाल्न सकेन ? सविन महर्जनमाथि गोली लागेको थियो, उ ढुंगा हानिरहेको थिएन, उ हिँडेर फर्किरहेको बेलामा पछाडिबाट गोली हानिएको छ । भिडिओ अहिले छ्याप्छ्याप्ती छ । यसमा प्रश्न उठ्दैन ।’ 

साथै उनले यस घटनामा उच्च स्तरीय छानविन आयोग गठन गर्नुपर्ने बताए ।  उनले पत्रकार सुरेश रजक पनि कोठाको कुनामा छलेर मृत्युवरण गर्न परेको भन्दै त्यसमा पनि शंका गर्ने यथेष्ट ठाउँ रहेको भन्दै सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।