image
image
पत्रकार हत्या तथा सञ्चारगृहमा गरिएको आगजनी विरुद्ध विरोध सभा

पत्रकार हत्या तथा सञ्चारगृहमा गरिएको आगजनी विरुद्ध विरोध सभा

 

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार हत्या तथा सञ्चारगृहमा गरिएको आगजनी विरुद्ध विरोध सभा गरेको छ । शुक्रबार राजावादी समुहले तिनकुने लगायत केही स्थानमा हिंसात्मक गतिविधी गरेका थिए ।

 हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाएका पत्रकार सुरेश रजकको न्यायका लागि नेपाल पत्रकार महासंघले शनिबार बिहान विरोध सभा गरेको हो । महासंघले स्थापना दिवसका सबै पूर्व निर्धारित कार्यक्रम स्थगित गर्दै सो विरोध सभा गरेको छ । 

राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै भएको आन्दोलनका क्रममा अराजक समूहले सञ्चारगृह र सञ्चारकर्मीमाथि गरेको आक्रमणप्रति समितिले कडा आपत्ति जनाएको छ। शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा आगजनीको समाचार संकलन गर्ने क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको घटनाले महासंघ स्तब्ध भएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।