image
image
सङ्क्रमणकालीन न्यायसम्बन्धी पीडितलाई न्याय दिलाउन तत्पर छौं  : सभापति देउवा

सङ्क्रमणकालीन न्यायसम्बन्धी पीडितलाई न्याय दिलाउन तत्पर छौं  : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाहरुको छानविनमार्फत सत्यतथ्य उजागर गरी न्याय दिलाउन कांग्रेस सुरुदेखि नै प्रतिवद्ध रहिआएको बताएका छन् । बिहीबार संक्रमणकालीन न्यायसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पीडितलाई न्याय दिने कुरामा कुनैपनि दुई मत नरहेकाले वर्तमान सरकार शान्ति सम्झौंताका बाँकी काम पूरा गर्न अघि बढीरहेको बताएका हुन् ।

उनले भने, ‘द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाहरुको  छानविन मार्फत सत्यतथ्य उजागर गरी न्याय दिलाउन नेपाली कांग्रेस सुरुदेखि नै प्रतिवद्ध रहिआएको छ । पीडितलाई न्याय दिने कुरामा कुनै पनि दुई मत छैन् । वर्तमान   सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढीरहेको छ ।’ साथै उनले सक्रमणकालीन न्यायका लागि वर्तमान सरकार, राजनीतिक दलहरु पीडितलाई न्याय दिलाउने विषयमा स्पष्ट रहेको बताए । उनले सङ्क्रमणकालीन न्याय नेपालले आफ्नै घरभित्रबाट समाधान गरेर विश्वका लागि उदाहरणीय बन्न सक्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘सक्रमणकालीन न्यायका लागि सरकारले भर्खरै सत्य निरुपण तथा मेलमिलाप व्यवस्थापालिकाको छानविन आयोगको पदाधिकारिको नियुक्तिका लागि सिफारिस समिति गठन गरिसकेको छ । आयोगले शान्ति सम्झौंताका मर्म अनुसार शसस्त्र  द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लंघनका विषयमा सत्य अनुसन्धान सुरु गरेर न्याय दिलाउने नै छ । वर्तमान सरकार, राजनीतिक दलहरु पीडितलाई न्याय दिलाउने विषयमा स्पष्ट छौं । सरोकारावाला पक्षहरुसँग पनि छलफल र अन्तरक्रियाबाट सत्य निरुपण हुने नै हो । यस विषयमा विश्वास दिलाउन चाहन्छु । सत्य निरुपण तथा मेलमिलापका विषयमा सर्वोच्च अदालतले  पनि मार्गदर्शक फैसला गरिसकेको छ । सङ्क्रमणकालीन न्याय नेपालले आफ्नै घरभित्रबाट समाधान गरेर विश्वका लागि उदाहरणीय बन्न सक्नुपर्ने आवश्यक छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।