image
image
‘कुलमान हटाएकोमा जनता खुसी छैनन है, सरकार ’

‘कुलमान हटाएकोमा जनता खुसी छैनन है, सरकार ’


काठमाडौं । प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठले विधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई हटाएकोमा असन्तुष्टी जाहेर गरेका छन् । उनले कुलमान हटाउने सरकारको निर्णयले जनता खुसी नभएको पनि उल्लेख गरेका छन् ।

‘एउटा समारोहमा माईकमा बोल्दै थिएँ बोल्दा बोल्दै आवाज बन्द भयो । बतीहरू सबै निभे । लोड सेडिङ भएको थिएन टुपिनको तार मात्र छुटेको रहेछ । एक छिन तार मात्र छुटेर बत्ति निभ्दा पनि सबैले कूल मान घिसिङको नाम लिएका थिए,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘एकै मिनेट बत्ति निभ्दा पनि सबैले सम्झिने नाम– कुलमान घिसिङ ।’

उनी अगाडी लेख्छन, ‘हरेक लक्षमी पूजाको दिनमा घर घरमा झलमल्ल बत्ति बलेको देख्दा सम्झिने विषेश नाम ‘कुलमान घिसिङ’, लोड सेडिङ जस्तो अलोकप्रिय विषयलाई हटाएर लोकप्रिय बन्न सफल ब्यक्ती हुन् – ‘कुल मान घिसिङ’, उनले कुलमान सम्झिदै लेखेका छन, ‘नेपालको अँध्यारो रातहरुलाई उज्यालो रात बनाउने ऐतिहासिक नाम हो त, ‘कुलमान घिसिङ’ ।’

हालै केपी शर्मा ओलीले घिसिङलाई हटाएर उनको स्थानमा गितेन्द्रदेव शाक्यलाइ नियुक्ति गरेकोमा चौतर्फी विरोध भइरहेको बेला श्रेष्ठले सरकारलाइ झकझकाउँदै भनेका छन्, ‘कुलमान घिसिङजीलाई समय नपुग्दै पदबाट हटाएकोमा जनता खुशी छैनन है सरकार, पटक्कै खुशी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।