image
image

मेलम्ची आउन अझै ३ महिना लाग्ने

काठमाडौँ ।  बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी योजनाको पानी काठमाडौँ आउन अझै तीन महिना लाग्ने भएको छ। आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबी)ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन गराएर थप काम गर्नुपर्ने सुुझाव दिएपछि एक महिना थप काम गर्नुपर्ने भएको हो।
 
पानी पथान्तरणको दुई महिनापछि मेलम्चीको पानी सुन्दरीजलमा आउनेछ । जसअनुसार मेलम्चीको पानी काठमाडौँ आउन कम्तीमा तीन महिना तालिकाअनुसारको काम गर्नुपर्नेछ । विज्ञ टोलीले दिएको सुधारका काम सम्पन्न भएपछि पानी पथान्तरण गरिनेछ । सुधारको काम गर्न अझ एक महिना लाग्नेछ ।

मेलम्ची खानेपानी विकास समितिका अनुसार फागुन पहिलो हप्ता सुधारको काम सकिनेछ । सुधारको काम सकिएपछि पानी पथान्तरण तथा सुरुङको परीक्षण गरिनेछ । दुई महिना पथान्तरण गरिएपछि सुन्दरीजलमा पानी पठाइनेछ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार, “फागुन पहिलो हप्ता सुधारका काम सबै सकिन्छ, त्यसपछि दुई महिना सुरुङ टेस्टिङ गर्न लाग्छ अनि मात्र पानी आउँछ । ”

मेलम्चीमा सुरुङ प्रवेशद्वार (गेट)को जडान र फिनिसिङ सम्पन्न भएपछि पानी पथान्तरण गर्नुअघि प्राविधिक टोलीमार्फत अनुगमन गरिएको थियो । हाल प्राविधिक टोलीले दिएको सुुझावअनुसार थप काम भइरहेको खत्रीले जानकारी दिए । उनका अनुसार टोलीले सुरुङ फिनिसिङमा थप बलियो गरी काम गर्नुपर्ने लगायतका प्राविधिक काम गर्न सिफारिस गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।