image
image
कुलमान घिसिङको वर्खास्तविरुद्ध प्रदर्शन, सरकार फाल्ने उद्घोष

कुलमान घिसिङको वर्खास्तविरुद्ध प्रदर्शन, सरकार फाल्ने उद्घोष

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णयप्रति उनका समर्थकहरुले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय भएपछि आज विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले ‘लोडसेडिङ चाइँदैन, कुलमान हटाउन पाइँदैन्’,‘मन्त्रिपरिषद्को निरंकुश र भ्रष्ट निर्णय खारेज गर’ भन्दै विरोध प्रदर्शन गरेका छन् । उक्त प्रदर्शनमा सहभागी रञ्जन खनालले भ्रष्टाचारमा मुछिएका मन्त्रीहरुलाई बचाउन र इमान्दार कर्मचारीलाई बर्खास्ती गर्ने सरकारको काम गलत भएको बताए । 

उनले भने, ‘पदमुक्त मन्त्रीलाई गर्नुपर्ने हो । कुलमानलाई बर्खास्त गर्दा लोडसेडिङ सुरु हुन्छ । उज्यालोका लागि लड्ने कुलमानले कहिले भ्रष्टाचार गरेका छन् र भष्ट्राचारमा मुछिएका मन्त्रीहरुका घट्नाहरु ढाकछोप गर्न कर्मचारीलाई बर्खास्ती गर्ने काम गलत हो । त्यसकारण यो सरकार फाल्नुपर्छ । देशभक्त्त नागरिकहरु यो सरकार फाल्नको लागि सडकमा आएका हुन् ।’ 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।