image
image
राजाको पक्षमा चैत १५ गते प्रदर्शन गर्दै नवराज सुबेदी, कमल थापा र दुर्गा प्रसाइको समुह

राजाको पक्षमा चैत १५ गते प्रदर्शन गर्दै नवराज सुबेदी, कमल थापा र दुर्गा प्रसाइको समुह

काठमाडौं । नवराज सुवेदी तथा दुर्गा प्रसाई समुहको  ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत १५ गते राजधानीमा प्रदर्शन गर्ने भएको छ। सुबेदी नेतृत्वको समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त प्रदर्शनमा सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा सङ्घीयता विरोधी आम सर्वसाधारण, राजनीतिक पार्टी र समूहहरूलाई साथ, सहयोग र समर्थनका लागि आह्वानसमेत गरेको छ । 

संयोजक नवराज सुवेदीले नेपाल एउटा विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको जिकिर गर्दै  देशभक्त, राजसंस्थावादीहरू एकतावद्ध भएर अघि बढ्नु पर्ने अवस्था आएको बताएका छन् ।

उनले राजसंस्था पुनर्स्थापनाका लागि हुने खासगरी राजधानी केन्द्रित सबै प्रदर्शन तथा आन्दोलनहरूमा संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ,सहयोग र समर्थन रहेनसमेत विज्ञप्तिमा उल्लेख गरेका छन्  । 

सुबेदी समुहले गरिने प्रदर्शनमा कमल थापा नेतृत्वको राप्रपाको समर्थन रहने भए पनि राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा भने अझै मौन रहेको छ । सुबेदी नेतृत्वको समितिमा आफु बस्न अस्विकार गरे पनि कमल थापाले भने सो समितिमा पार्टीको प्रतिनिधित्व गराएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।