image
image
कुलमानलाई हटाए पछि काठमाडौंमा सरकारको बिरोधमा दिनभर प्रदर्शन

कुलमानलाई हटाए पछि काठमाडौंमा सरकारको बिरोधमा दिनभर प्रदर्शन

काठमाडौं, १२ चैत । नेपाल बिधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङ हटाएकोमा असन्तुष्टी जनाउँदै काठमाडौंमा बिहानै देखी सुरू भएको प्रदर्शन जारी रहेको छ । नेकपा एस निकट अनेरास्ववियूले बिहान प्रदर्शन गरेका थिए भने अहिले स्वतन्त्र नागरिकहरूले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् ।  नेकपा माओवादी केन्द्रका जनबर्गीय संगठनहरूले पनि घिसिङलाइ हटाएकोमा बिरोध गरिरहेका छन् । साे क्रममा उर्जामन्त्री दिपक खड्काकाे पुत्लादहनसमेत गरिएकाे छ । 

हिजो बसेको मन्त्री परिषद बैठकले घिसिङलाई पदमुक्त गरेर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो, जसको अहिले सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्रीद्दय गगन थापा र विश्वप्रकाश शर्मा, शेखर कोइरालालगायतले बिरोध गरिसकेका छन् ।

प्रतिपक्ष दलहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपाका प्रवक्त ज्ञानेन्द्रबहादुर शाहीलगायतले पनि घिसिङलाइ हटाएकोमा आपत्ति जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।