image
image
सरकारको दम्भले कर्मचारीले तलब पाएनन्, सबैलाई टुकुचामा गाडदिन्छु : मेयर बालेन

सरकारको दम्भले कर्मचारीले तलब पाएनन्, सबैलाई टुकुचामा गाडदिन्छु : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरका कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने धम्की दिएका छन्। सोमबार राति सामाजिक सञ्जालमार्फत शाहले काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत तीन महिनादेखि सरकारको दम्भले तलब नपाएको भन्दै एक हप्ताभित्र नदिए राम्रो नहुने चेतावनी दिएका हुन्।

'काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत तीन महिनादेखि तलब पाको छैन, सरकारको दम्भले ! को-कोले के-के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु! त्योपछि हेरौंला तिमीहरूको के-के तन्त्र हो,' उनले लखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।