अनावश्यक आरोप लगाएर हटाइयो, सरकारको निर्णयविरुद्ध अदालत जान्छु : कुलमान घिसिङ
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई बर्खास्त गरेर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ । सरकारको उक्त निर्णयविरुद्ध अदालत जाने कुलमानले बताएका छन् ।
आफूले समाचार आएपछि यसबारे थाहा पाएको भन्दै सरकारको निर्णयविरुद्ध अदालत गएर न्याय खोज्ने घिसिङले बताएका छन् । घिसिङले सरकारले राम्रो काम गर्दा गर्दै अनावश्यक आरोप लगाएर हटाएकाले एक पटक अदालत जाने प्रतिक्रिया दिए । उनले भने,‘ उनले भने,‘मैले पनि समाचारबाट थाहा पाएँ । मन्त्रीपरिषद्ले पदबाट हटाएको पत्र आउँछ होला । पत्र बुझेपछि अदालत जान्छु ।’









